You are viewing the translated version of बरबुझारथको प्रमाणपत्र.

Rule 104
बरबुझारथको प्रमाणपत्र
(१) नियम १०३ बमोजिम बरबुझारथ गरिसकेपछि बरबुझारथ गर्ने कर्मचारीलाई साबिक कार्यालयबाट अनुसूची-१८ बमोजिमको ढाँचामा बरबुझारथको प्रमाणपत्र दिनु पर्नेछ।
(२) बरबुझारथ गर्ने कर्मचारीले उपनियम (१) बमोजिम प्रमाणपत्र पेश नगरी निजलाई हालको कार्यालयमा हाजिर हुन जान रमाना दिनु हुँदैन र हाजिर गराउने कार्यालयले पनि बरबुझारथको प्रमाण नलिई हाजिर हुन आउने कर्मचारीलाई हाजिर गराउनु हुँदैन।
(३) बरबुझारथ गर्ने व्यक्ति अवकाश वा अन्य व्यहोराले सेवाबाट अलग भई प्रचलित कानून बमोजिम निवृत्तभरण वा उपदान पाउने भएमा उपनियम (१) बमोजिमको प्रमाणपत्र पेश नगरी निजले पाउने निवृत्तभरण वा उपदान सम्बन्धी कारबाही गरिने छैन।